नेकपाको कार्यदलका सदस्य कामप्रति उदासिनता, सार्वजनिक कार्यक्रमलाई पहिलो प्रथमिकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले आफ्नो कामप्रति उदासिनता देखाएको छ । 

नेकपाको गत पुस १३ गते सम्पन्न स्थायी समिति बैठकले संगठनात्मक एकता र पार्टी एकीकरणका बाँकी कामको गृहकार्य सक्न गठित कार्यदलका सदस्यले आफ्नो कामप्रति उदासिनता देखाएका हुन् । 

यही पुस मसान्तभित्र प्रतिवेदन बुझाउने भनिएपनि नेताहरु अन्य सार्वजनिक कार्यक्रममा व्यस्त भएका हुन् । कार्यदल सदस्यले आफ्नो जिम्मेवारी भन्दा सार्वजनिक कार्यक्रमलाई बढी प्राथमिकता दिएको नेकपाकै नेताहरु बताउँछन् । 

यद्यपी कार्यदल सदस्य वेदुराम भुषाल गृहकार्य भइरहेकाले केही दिनभित्रमा काम सक्ने बताए । उनले कार्यदल भित्र आन्तरिक छलफल भइरहेकाले समयसीमा भित्रै काम सक्ने बताए । 

नेकपाको स्थायी समिति बैठकले तल्लो तहसम्मको पार्टी एकता गर्ने कार्यविधी बनाउन ९ सदस्यीय कार्यदल बनाएको थियो । 

त्यस्तै कार्यदलले दिएको प्रतिवेदन स्थायी समितिले अनुमोदन गरेपछि त्यसैका आधारमा एकता प्रक्रिया टुङ्ग्याउने नेकपाले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?