आकासिँदो आयात : पुलाउको चामल समेत विदेशबाट, अर्जेन्टिनाबाट आउँछ कुखुराको दाना

आर्थिक विकासका दृष्टिले प्रशस्त स्रोत सम्भावना बोकेको देश हो, नेपाल । विश्व मानचित्रमा असाध्यै सानो अंश आफ्नो कित्तामा पारेतापनि प्राकृतिक छटाहा हावापानी तथा भूगोल पर्यटनको लागि समेत लोभलाग्दो संभावना बोकेको देशको हविगत भने डरलाग्दो नै छ । सुन्दा अचम्म लाग्छ नेपाल सरकारले विश्वका १ सय १० भन्दा धेरै मुलुकमा आफ्ना कामदार पठाउन खुला गरेको छ । विदेशीएका यूवाका बग्रेल्ती समस्या एकातिर छँदैछ । हामीसँग भएका उर्वर भूमि बाँझो भएको यथार्थ छँदैछ । त्योभन्दा कहालीलाग्दो अर्को तथ्य के हो भने वार्षिक रुपमा नेपालले अरबौँ रुपैयाँको खाद्यान्न खरिद गर्छ । स्मरण रहोस् २०४० सालसम्म नेपालले भारत र तेस्रो मुलुकमा कृषिजन्य वस्तु निर्यात गर्ने हैसियत राख्थ्यो । तत्कालीन समयमा सरकारले भारत, बंगलादेश, चीन, मलेसिया, कोरिया, जर्मनी, अमेरिकालगायतका मुलुकमा धान–चामल निर्यात गर्ने गर्दथ्यो ।

मुलुकले पछिल्लो पाँच महिनामा (उनाननब्बे) ८९ अर्ब रुपैयाँ बराबरको कृषिवस्तु भित्रिएको छ । कृषिप्रधान देशले आयात गर्ने कृषिवस्तुको यो तथ्यांक डरलाग्दो रुपमा बढीरहेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ८९ अर्ब ४० करोड रुपैयाँको कृषि खाद्यान्न आयात भएको हो । यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८ प्रतिशतले बढी हो । तथ्यांकअनुसार तरकारी, दाल, गहुँ, मकै, सोयाबिन तेलको आयात पनि उल्लेख्य रूपमा बढेको छ । नेपालले पहिलो ५ महिनामा १३ अर्ब ५८ करोड रुपैयाँको चामल मात्रै आयात गरेको छ । अझ यो दर अघिल्लो वर्षको सोही अवधिको आयातको  ४२.६ प्रतिशतले बढी हो । व्यापार तथा निकासी प्रवर्दधन केन्द्रको तथ्यांकअनुसार बास्मती चामल धेरै आयात भएको छ । पुलाउका लागि प्रयोग हुने चामलमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।  

आर्थिक वर्ष ०३५–०३६ मा धान तथा खाद्यवस्तु निर्यातबाट २४ करोड ३९ लाख रूपैयाँ आर्जन गरेको नेपालले अहिले ५ महिनामा ५ महिनामा १३ अर्ब रुपैयाँ बढी रूपैयाँको धान–चामल आयात गरेर परनिर्भरतामा कीर्तिमान रचेको छ । नेपालमा धानबालीका लागि उपयुक्त १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफल भए पनि उत्पादन भने बर्सेनि घट्दो छ । कयौँ हेक्टर जमिन बाँझो छ । नेपालको लागि आयात हुने धानको लागि चीन, भारत, फिलिपिन्स, थाइल्यान्डजस्ता मुलुकबाट आयात गर्नुपरेको छ ।

त्यस्तै तरकारीको ६ अर्ब ९८ करोड बराबरको तरकारी आयात भएको छ । यो गत आर्थिक वर्षको तथ्यांकभन्दा १६.२ प्रतिशतले बढी हो । त्यस्तै ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको फलफूलको आयात भएको छ । फलफूलको आयात ३९.८ प्रतिशतले बढेको हो । सोयाबिनको तेल ५ अर्ब ५३ करोडको आयात  भएको छ । मकै ५ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ । दाल ४ अर्ब ९९ करोड र गहुँ २ अर्ब ३९ करोड रुपैयाँको आयात भएको छ । कुखुराको दानामा प्रयोग हुने मकै ब्राजिल, अर्जेन्टिनालगायतका देशहरुबाट आयात गरिन्छ । ‘तथ्यांक अनुसार मासुमा मात्रै आत्मनिर्भरता बढेको छ ।  

तर, सरकार यो तथ्यांकप्रति गम्भिर देखिदैन । गत आर्थिक वर्ष २०७२-७३ को तुलानामा ७४-७५ अत्याधिक अनुपातमा बढीरहेको छ । तर, सरकारले कृषिको विकास गर्नेतर्फ सोच्न सकेको छैन । 

खेतीपातीका लागि सिँचाइको असुविधा
कृषि आधुनिकीकरण नारामा मात्रै सिमित हुनु 
मलबीउ समयमा उपलब्ध नहुनु 
सरकारी अनुदान अपर्याप्त हुनु 
कृषिमा बढ्दो राजनीतिकरण हुनु
बजारको अभाव हुनु 
कृषिमा यूवाशक्ति नहुनु 
उर्वर भूमि खण्डिकरण 
कृषि उत्पादनको लागत खर्च बढ्नु 
रेमिट्यान्सको प्रभाव 

यी अनेकन समस्याका कारण कृषिको विकास हुन सकेको छैन । नेपालले भारत र तेस्रो मुलुकबाट खर्बौको कृषिजन्य वस्तु वर्षेनी आयात गर्छ । अझ सोचनिय विषयमा स्वदेशमै उत्पादन हुने धान, मकै, गहुँ, कोदो, फापर, तरकारी, फलफूल, जिउँदो जनावर, माछाजन्य पदार्थ, दुग्धजन्य पदार्थ, खाने तेल, गेडागुडीको आयात अघिल्ला वर्षहरुमा भन्दा निकै बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?