बुधबार १९ मङ्सिर, २०७५ Thursday, 20 June, 2019

ऊटको पिठ्यूदेखि अमेरिकासम्मको यात्रा, एक संघर्षशील कथा

एजेन्सी । सुन्दै अचम्म लाग्न सक्छ । ऊटको पिठ्यूदेखि अमेरिकासम्मको यात्रा कसरी गरिन् ? तर, यो घटना सत्य हो । 

पाकिस्तानकी एक पाँच वर्षकी हिन्दु बालिकाले  ऊटको पिठ्यूदेखि अमेरिकासम्म यात्रा पुरा गरिसकेकी छिन । सानैदेखि मिहिनेती ती बालिका अहिले आफ्नो समुदायमा उदाहरणीय काम गर्ने पात्र समेत बनिसकेकी छिन ।  


ADVERTISEMENT

कलिलै उमेरमा उनको काधमा रोजगारीको जिम्मेवारी आयो । उनलाई संयुक्त अरब अमिरातले रोजगारीका लागि लगे जहाँ उनीले ऊट दौडाउने काम गर्थिन । ऊटमा दौड गर्नु उनका लागि दैनिकी नै बनेको थियो । 

ऊटको पिठ्यूमा चढेर बालिकाले सरपट दौड गरेबापत उनलाई दस हजार रुपैयाँ दिइन्थ्यो । उक्त रुपैयाँ ती बालिकाले आफ्नो घरमा पठाउँथिन ।

सन् १९९० को बेला यो रकम निक्कै धेरै थियो । तर, यति रकम कमाउन ती बालिकाले आफ्नो ज्यानै दाउमा रहेकी थिइन् । दौडका क्रममा उनकै अगाडि दुई साथीहरु ऊटबाट लडेर ज्यान समेत गुमाएका थिए । यस्ता घटनाहरु उनीले पनि भोगिन् । तर, संयोगबश उनी बाँच्न सफल भइन् ।  

यहि काम गर्दा गर्दै ती बालिकाले पाँच वर्ष बिताइन् । त्यतिबेला उनी दश वर्ष भइसकेकी थिइन् । सन् १९९५ मा संयुक्त राष्ट्रसंघको संस्था ‘यूनिसेफ’ बालबालिकाको हितमा काम गर्दै आइरहेको थियो ।  ‘युनिसेफ’ले त्यस समय ऊटमा दौड गराएर प्रयोग गरीएका सयौं बालबालिकाहरुलाई त्यहाँबाट उद्घार गरेको थियो । 

यसरी जिवित उद्घार हुने भाग्यमानी बच्चामा पनि पर्छिन् । त्यसपछि उनी पुनः पाकिस्तानको आफ्नै घरमा फर्किन् । साथै उनीले विद्यालय पनि जान थालिन् । तर, घर आर्थिक अवस्था नाजुक भएको र परिवारले आफ्नो पढाइको खर्च उठाउन नसक्ने भएका कारण उनले फेरी सानोतिनो काम शुरु गर्न थालिन् । 

उनीले ढल सफा गर्नेदेखि  रिक्सा चलाउने सम्मको काम गरेर आफ्नो पढाइको खर्च आफैं जोहो गर्न थालिन् । उनीले जीवनसँग संघर्ष भने गर्न छाडिनन् । 

२२ वर्षको कडा मिहिनेतपछि सन् २०१७ मा उनीले अमेरिकाको वासिंगटन युनिभर्सिटीमा छात्रवृद्धिमा नाम निकाल्न सफल भइन् । उनले त्यहा कानुन र मानवअधिकारको पढाइ सकाइन् । लगतै उनी पुनः पाकिस्तान फर्किन ।

हाल उनी गरिव बालबालिकाहरुको पढाई सम्बन्धी काम गरिरहेकी छिन । आफुले भोगेका ती कष्टपूर्ण दिन अहिले अरु बालबालिकाहरुले भोग्न नपोरोस भन्दै काम गर्दै आइरहेकी छिन । 

सन् १९८० र १९९० को दशकमा दश वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई ऊट दौडमा प्रयोग गरिने बताइएको छ । अरब देशमा हुने यस परम्परागत दौडमा ऊटको माथि बसेको बालबालिका जति धेरै रुन्थ्यो ऊट उति नै छिटो दौडन्थ्यो ।

यसैकारण यस सवारमा बालबालिकाहरुलाई सामेल गारइने गरिएको पाइएको छ । ऊटका मालिकहरुले पनि सवारका लागि बालबालिकाहरु सजिलै पाउथे । पाकिस्तानको बहावलपूर, रहीमयार खान, खानीवाल र दक्षिण पंजाबको केहि ठाँउका प्राय बालबालिका ऊट दौडमा सहभागी हुन्थ्यो । 

त्यस्तै पाकिस्तानको अल्पसंख्यक हिन्दु समुदायका अर्को संघर्षशिल युवा हुन् रमेश जयपाल । उनको कथा पनि ठ्याक्कै रहीमयार खानसँग मिल्दो जुल्दो । पाकिस्तानको पंजाब प्रान्तमा लियाकतपुर गाउँ छ । जयपालको एकल प्रयासमा अहिले त्यहा हिन्दु बालबालिकाको लागि विद्यालयको स्थापना गरिएको छ ।

जयपालले पत्रकारसँग कुरा गदै भने, ‘मलाइ पनि पढ्न इच्छा थियो, तर मेरो सबै इच्छा आकाङक्षा अरबको रेगिस्तानो बित्यो, त्यहा मैले सवारी चालकको काम गर्थे, पढाईका बेला धेरै दुख कष्ट पाए तर, मैले पढ्न कहिल्यै छाडिन् ।’

जयपाल पनि आफ्नो बेरोजगार मामाका साथमा संयुक्त अरब अमिरातको शहर अल–ऐन पुगेका थिए । त्यहाँ त्यस्ता व्यक्तिलाई सजिलै काम दिइन्थ्यो जसले दश वर्ष भन्दा कम उमेरको बच्चा लगेको हुन्थ्यो । 

उनको पारिवारिक आर्थिक अबस्था पनि कमजोर थियो । उनले आफ्नो विगतका दिनहरु सम्झिदै भने, ‘मलाई मामाले ऊट दौड गर्ने काम लगेको थाँहा भएको भए त्यतिबेला नै जादिन थिए ।’

‘जाडोको समयमा बिहान चार बजेबाट दौड शुरु गर्नुपथ्यो, बाँकी दिनमा हेरविचार गर्नु पर्ने काम आइपथ्यो, ऊटलाई आहारा दिनेदेखि सरसफाइन र मालिस गर्ने सबै काम गर्नुपथ्र्यो, त्यतिबेलाको दुःख सम्झदा अहिले पनि आशु आउछ’, उनले भने । 

साथै उनले ऊट दौडका क्रममा लड्दा टाउँकोमा टाका लगाइएको थियो । त्यतिबेलाको घाउ बल्झिदा अहिले पनि टाउँको दुख्छ । उनलाई पनि ‘युनिसेफ’ले उद्धार गरेको थियो । रमेशले खैरपुर युनिभर्सिटीबाट समाजशास्त्र र ग्रामीण विकासमा स्नातक तह उत्रिर्ण गरे ।

अहिले रमेश सामाजिक, आर्थिक र शैक्षिक स्तरबाट पिछडिएका बालबालिका लागि काम गर्दैछन् । उनले सन् २०२० सम्म पाकिस्तानमा सयौंको संख्यामा विद्यालयको स्थापना गर्ने लक्ष्य रहेको समेत बताए ।

बीबीसीबाट अनुवादित


 

Leave a comment