राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा अर्पण गरेकी छिन् । 

शुक्रवार २९७ औँ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबारको पश्चिम ढोकास्थित पृथ्जीनारायणको सालिकमा पुष्प गुच्छा अर्पण गरेकी हुन् ।

यही अवसरमा राष्ट्रपतिले एक सन्देश दिँदै ‘पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकको रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्याएको हो’ भनेकी छिन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने यार्ली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । 

त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्र्यापर्ण गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?