दुई हजार ७ सय थान लागु औषध सहित एकजना पक्राउ

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले दुई हजार ७०० थान लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । 

बर्दिया जिल्ला साविक महमदपुर-९ घर भएका ३२ वर्षीय लालबहादुर रानालाई पक्राउ गरेको हो । आज (शुक्रवार) म.न.प्र.परिसर, काठमाडौंले पत्रकार सम्मेलन गर्दो रानालाई सार्वजनिक गरेको हो । 

औषध दुर्व्यसनीहरुलाई विक्री वितरण गर्नको लागि ग्राहाकको प्रतिक्षा गरेर बसीरहेका बेला पुस २६ गते विशेष सूचनाको आधारमा विशेष प्रहरी टोलीले  बल्खु बाट रानालाई पक्राउ गरेको थियो ।

प्रतिबन्धित लागु औषध डाईजे ल्याब समेत काठमाडौं उपत्यका बाहिरबाट खरिद गरेर ल्याई काठमाडौंमा विक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक, होविन्द्र वोगटीले जानकारी दिए । 

रानालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । 

बरामद सामान:-

  1. Diazelabलेखिएको ईन्जेक्सन एम्पुल थान ८३५,
  2. Noophin लेखिएको ईन्जेक्सन थान ८५४,
  3. Phenergan लेखिएको ईन्जेक्सन एम्पुल थान ८८६,
  4. रु. १,००० दरको नेपाली नोट थान ३० (तीस हजार) ।
  5. भिभो लेखिएको मोवायल थान १।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?