प्रभु बैंकको साझेदारीमा इएमभी चिप कार्ड सञ्चालनमा

काठमाडौं। प्रभु बैंकले अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टर कार्ड र प्रभु बैंकको साझेदारीमा इएमभी  चिप कार्ड सञ्चालनमा ल्याएको छ। 

यो डिजिटल पेमेन्ट क्षेत्रमा बहुचर्चित अन्तर्राष्ट्रिय कार्ड हो । मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ कारोबार गर्न सक्ने  बैंकका प्रमुख कायर्कारी अधिकृत अशोक शेरचनले  बताए।

बैंकले जारी गरेको विज्ञप्तिमा भनेको छ, मास्टरकार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा मास्टर कार्डको  सेवा विस्तार गर्न पाएकोमा खुशी समेत ब्यक्त गरे।  

अध्यक्ष देविप्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टर कार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना पनि बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?