अपर हेवा खोला हाइड्रोपावर कम्पनीले सर्वसाधरणको लागि शेयर निष्काशन गर्दै

काठमाडौं । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि शेयय निष्काशन गर्ने भएको छ । 

हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई शेयर निष्काशन गर्ने भएको हो । शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरेको छ। 

हाइड्रोपावर कम्पनीले २० लाख कित्ता शेयरको सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेको बताइएको छ ।

बिक्री प्रबन्धक सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक डेडराज खड्का र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालले एक कायक्रमकाबीच हस्ताक्षर गरेका थिए ।

कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८ दशमलब ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको चरणमा रहेको बताइएको छ । 

कम्पनीले ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र  बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जानकारी दिएको हो । शेयर आगामी फागुन मसान्तसम्म निष्काशन गरिसक्ने लक्ष्य रहेको हाइड्रोपावर कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?