डेढ वर्षदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले डेढ वर्षअघि रोक्का गरेको जग्गा कित्ताकाट फुकुवा गरेको छ । 

गत साउन २६ गतेदेखि बन्द भएको जग्गा कित्ताकाट सरकारले शुक्रवारबाट फुकुवा गरेको हो । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल शुक्रवार पत्रकार सम्मेलन गरि अघिल्लो निर्णयलाई पुनरावलोकन गरिएको जानकारी दिइन् । 

उनले भनिन्, सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने जानकारी दिइन् ।

रोक्का गर्दा व्यवहारिक कठिनाइ भएको र विभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको बताइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?