नेविसंघका सात पदाधिकारीले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् ।

नेविसंघका तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सह–महामन्त्रीहरुले पदबाट राजीनमा दिएका हुन् । 

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् भने महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

उनीहरुले शुक्रवार बिहान पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका थिए । 

उपाध्यक्ष सञ्जीवकुमार यादवका अनुसार तोकिएको मितिमा अधिवेशन गर्न सकिएन, यस्तो अवस्थाले नेविसंघ चल्दैन, त्यसैले निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएको बताए । 

नेविसंघको महाधिवेशन गत भदौमा हुने भनिएको थियो । तर, नेविसंघको आन्तरिक विवादका कारण महाधिवेशन हुन सकेन् । त्यसपछि फेरी पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । 

पुनः थपिएको दुई महिनाको म्याद पनि यही माघ २ गते सकिँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?