हडप्पा युगमा गाडिएका ‘प्रेमी जोडी’को कंकालले खोल्यो यस्तो रहस्य

एजेन्सी । हरियानाको हिसार जिल्लाको राखिगार्ही गाउँको हडप्पा सभ्यतासँग जोडिएको एउटा क्षेत्रमा ४ हजार ५ सय वर्ष पुरानो ‘प्रेमी जोडी’को कंकाल भेटिएको छ । 

सन् २०१६ मा भारत र दक्षिण कोरियाको वैज्ञानिकहरुले यो कंकाल भेटाएका हुन् । दुई वर्षमा शोधकर्ताहरुले यस जोडीको मृत्यु पछिको कारणलाई अनुसन्धान गरिरहेका थिए । उनीहरुको के कारणले मृत्यु भएको पत्ता लगाउन अहिलेसम्म अनुसन्धान भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ । 

'उक्त कंकाल एक महिला र एक पुरुषको हो, जो एक अर्कोलाई हेरिरेका छन्, गाडिएको प्रकृति हेर्दा उनीहरुको मृत्यु एकै ठाउँमा भएको जस्तो देखिन्छ, तर, दुई वर्षको अनुसन्धानमा पनि उनीहरुको मृत्यु कसरी भयो भन्ने चाँहि रहस्यमय नै छ ।'

पुरातत्वविदका अनुसार, ‘उक्त कंकाल एक महिला र एक पुरुषको हो, जो एक अर्कोलाई हेरिरेका छन्, गाडिएको प्रकृति हेर्दा उनीहरुको मृत्यु एकै ठाउँमा भएको जस्तो देखिन्छ, तर, दुई वर्षको अनुसन्धानमा पनि उनीहरुको मृत्यु कसरी भयो भन्ने चाँहि रहस्यमय नै छ ।’ 

'मृत्यु हुँदा पुरुषको उमेर ३५ वर्ष र महिलाको २५ वर्ष थियो  । दुबै जनाको उचाई क्रमशः ५ फिट ८ इञ्च र ५ फिट ६ इञ्च हुनसक्ने बताइएको छ ।'

यी कंकालहरु एक अर्ब मिटर रेतीले मैदानमा दफन गरिएको थियोे । वैज्ञानिकहरुले यो पत्ता लगाएका छन् कि मृत्यु हुँदा पुरुषको उमेर ३५ वर्ष र महिलाको २५ वर्ष थियो  । दुबै जनाको उचाई क्रमशः ५ फिट ८ इञ्च र ५ फिट ६ इञ्च हुनसक्ने बताइएको छ ।

यि कंकालका हड्डीहरु एकदमै साधारण छ र उनीहरुलाई कुनै प्रकारको रोग थियो  जस्तो पनि देखिदैन् ।

पुरातत्वज्ञहरुले दिएको जानकारी अनुसार, ‘यो कुनै पनि परम्पराको भाग होइन्, तर, यो हुन सक्छ कि उनीहरुको मृत्यु एकैसाथ भएकाले उनीहरुलाई एकठाउँमा गाडियो ।’ 

राखिगार्हीमा भेटिएको सबै कंकालहरु र सामानहरु एकदमै साधारण छन् ।  ती सबैै समानहरु अहिलेसम्म हाडप्पा सभ्यतामासँग मिल्दै आएको छ । 

यस कंकाल बाहेक खोज्ने क्रममा कांस्य युगको केहि माटोका भाडाहरु र गहनाहरु पनि भेटिएका छन् । भारतीय लेखक टोनी जोसेफ भन्छन्, “हडप्पा युगको अन्तिम संस्कार हेर्न हो भने थाहा हुन्छ कि यि मानिसहरु साधारण परम्परलाई पालना गर्थे ।” 

यदि मैसोपोटामिया सभ्यताको कुरा गर्ने हो भने राजाहरुलाई महंगो लुगा, गहना, कलाकृति र ठूलो होल्डिंगको साथ दफन गरिन्थ्यो । खास कुरा यो हो भने, मैसोपोटामिया कि सभ्यतामा धेरै यस्तै कंकालहरु फेला परेका थिए जसमा हडप्पा सभ्यताको आभूषणहरु थिए । यो पनि मानिँदै आइएको छ कि हडप्पा सभ्यताको गहनाहरु त्यो बेलामा आयात गरिन्थ्यो । 

पुरात्तवविज्ञहरु विश्वास गर्छन् कि यो जोडी १ हजार दुईसय एकड जमीनमा रहेको एउटा बस्तीमा बस्थे जहाँ १० हजार परिवारको घर थियो  ।  भारत र पाकिस्तानमा लगभग दुई हजार हडप्पा साइटको खोजी गरिएको छ । राखिगार्ही अब हडप्पा सभ्यताको सबै भन्दा ठूलो शहर मोहन जोदाडो भन्दा पनि ठूलो छ । 

राखिगार्हीमा पुरातत्वविज्ञहरुले एउटा कब्रिस्तानमा लगभग ७० चिहानहरु भेटाएका छन् । तर यस “रहस्यमय दम्पती“ को कंकालले भने धेरै चर्चा पाएको छ । बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?