ओम विकाश बैंकद्वारा बोनस शेयरको प्रस्ताव

काठमाडौं । ओम विकाश बैंकले लाभांस प्रस्ताब गरेसँगै शेयरधनीलाई १२ दशमलव ७० प्रतिशत बोनश दिने भएको छ । 

बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलब ७० प्रतिशत बोनश शेयर बितरण गर्ने भएको हो । बैंकले गरेको बोनस प्रस्ताब नेपाल राष्ट्र बैंक र साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन्।

बैंकको हाल चुक्ता पूँजी दुई अर्ब ५१ करोड रुपैयाँ रहेको छ। त्यस्तै बोनश बितरणपछि बैकको चुक्ता पूँजी दुई अर्ब ८३ करोड रुपैयाँ पुग्ने छ। 

यसअघि नै बैक प्राइम कमर्सियल बैकसँग बिलय हुने निर्णय गरिसकेको छ। बैंक प्रति शेयर ८० रुपैयाँका दरले प्राइममा बिलय हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?