तेङकु अब्दुल्लाह मलेसियाका नयाँ राजा बन्ने, यस्तो छ कारण

मलेसिया । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्यागको घोषणा गरेसँगै नयाँ राजाको छनौट गर्ने प्रक्रिया शुरु भएको छ । 

मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंल गत आइतवार राजगद्दी त्याग गरेको घोषणा गरेका थिए । 

सुल्तान मुहम्मदको गद्दी त्याग गरेको घोषणासँगै अब राजा बन्ने पालो पहाङका सुल्तानको रहेको बताइएको छ ।

पहाङका सुल्तान अहमद शाह भावी राजा हुने बताइएको थियो । तर, ८८ वर्षे शाहको स्वास्थ्य अवस्थामा समस्या भएपछि उनका छोरा पहाङ रेजेन्ट तेङकु अब्दुल्लाहले अब पहाङका सुल्तानका रुपमा शपथ लिने सञ्चारमाध्यमहरुले जनाएको छ । 

आफ्नो बुवालाई पदस्थापन गर्दै सुल्तानका रुपमा शपथ लिइसकेपछि अब्दुल्लाहलाई मलेसियाको राजा बन्ने बाटो खुल्ने बताइएको छ ।

अब्दुल्लाले जनवरी १५ (माघ १ गते) सुल्तानका रुपमा शपथ गराइने बताइएको छ ।

सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका ४९ वर्षीय राजा मुहम्मदले राजगद्दी त्याग गर्नुको कुनै कारण बताएका छैनन् । 

सन् १९५७ यता मलेसियामा कुनै राजाले राजगद्दी त्याग गरेका थिएनन् भने यो राजगद्दी त्याग पहिलो घटना हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?