लमजुङ केन्द्रबिन्दु बनाई भूकम्प

लमजुङ केन्द्रबिन्दु बनाई आज अपराह्न भुकम्प गएको छ । 

४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो । 

बेंसीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्। 

यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?