एउटा अनौठो समुदाय, जो लाशसँग सहवास गर्छन्

उत्तर प्रदेशको प्रयोगराजमा कुम्भ मेला आजदेखि शुरु भएको छ । गंगा नदीमा नुुहाउनको लागि देश विदेशबाट हजारौं साधुहरुको भिड लागेको छ । 

यी साधुहरुमा एउटा यस्तो वर्ग पनि छ जसलाई लिएर आम जनमानसमा त्रास पैदा भएको छ । साधुहरुको यस वर्गलाई ‘अघोरी समुदाय’ भनिन्छ । 

अघोरीहरु श्मशान घाटमा बस्छन् । जलिरहेको लासको वीचमा लाशको खप्परमा खाना खान्छन् अनि त्यही सुत्छन् पनि । 

अघोरीहरु श्मशान घाटमा बस्छन् । जलिरहेको लासको वीचमा लाशको खप्परमा खाना खान्छन् अनि त्यही सुत्छन् पनि । 

यो कुराहरु पनि सुनिने गरेको छ कि अघोरीहरु नग्न घुम्छन्, मानिसको मासु खान्छन् र दिन–रात गाजा तान्छन् । 

को हुन् त अघोरी ? 

लण्डनको स्कुल अफ अफ्रिकन एण्ड ओरिएटल स्टडीजमा संस्कृत पढाउने जेम्स मैलिसनका अनुसार अघोर दर्शनका सिद्धान्त यहि हो कि आध्यात्मिक ज्ञान हासिल गर्ने र ईश्वरसँग भेट्ने । त्यही भएर अघोरीहरु शुद्धताका नियमहरु धेरै बाहिर छन् ।

ओक्सफोर्डमा पढ्दै गरेका एउटा महन्त र गुरु पनि छन् जसको समुदायमा अघोरीहरुको विभाजन गरिएको छ ।  

धेरै अघोरी साधुहरुसँग कुराकानीको आधारमा मैलिसन भन्छन्, “अघोरीहरुको तरिकाहरु यो हो कि स्वाभाविक अवरोधको सामना गर्ने र उनीहरुलाई तोड्ने । उनीहरु राम्रो र नराम्रोको सामान्य नियमहरुको पालना गर्दैनन् । आध्यात्मिक प्रगतिको मार्गमा उनीहरु मानिसको शरिरको मासु र आफ्ने मल पनि खाने गरेका छन् ।” 

अघोरीको इतिहास 

अघोरी सम्प्रदायको इतिहासको कुरा गर्दा यो शब्द १८ शताव्दीमा चर्चाको विषय बनेको थियो । 

तर यो सम्प्रदायले त्यो पक्रियाहरु अपनाएका छन् जसको लागि कपालिको सम्प्रदाय कुख्यात मानिने गरेका थिए । कपालिका सम्प्रदायमा मानिसको खोपडीसँग जोडिएको तमाम परम्पराको संगसंगै बलि दिने प्रथा पनि छ । तर अहिले यो सम्प्रदायको कुनै पनि अस्तित्व छैन । 

तथापि, अघोर सम्प्रदायले कपालिका सम्प्रदायको सबै चीजहरु आफ्नो जीवनमा समावेश गरेका छन् । 

हिन्दु समाजमा, अधिकांश सृजनात्मक र सागर निश्चित नियम अनुसार चल्दछ ।

सम्प्रदायलाई मनाउने संगठनात्मक ढंगले नियमको पालना गर्ने गरेका छन् । आम समाजसँग उनीहरुले राम्रै सम्बन्ध स्थापना पनि गरेका छन्  । 

तर अघोरीहरु यस्ता होइनन् । यो सम्प्रदायसँग जोडिएको साधुहरु आफ्नो घर परिवारसँग कुनै पनि किसिमको सम्बन्ध राख्न चाहदैनन् र बाहिरको मानिसहरुलाई उनीहरु विश्वास गर्दैनन् । 
यो मानिन्छ कि धेरै जस्तो अघोरीहरु तथाकथित नामक जातीबाट आउँछन् । 

“अघोरी सम्प्रदायको साधुको बौद्धिक कौशलमा धेरै भिन्नता देखिन्छ । केहि अघोरीहरु यति बुद्धिमानी थिए कि तिनीहरुले राजाहरुलाई आफ्नो राय दिने गर्थे । एकजना अघोरी त नेपालको एक राजाको सल्लाहाकार पनि थिए ।” 

मैलिसन भन्छन् , “अघोरी सम्प्रदायको साधुको बौद्धिक कौशलमा धेरै भिन्नता देखिन्छ । केहि अघोरीहरु यति बुद्धिमानी थिए कि तिनीहरुले राजाहरुलाई आफ्नो राय दिने गर्थे । एकजना अघोरी त नेपालको एक राजाको सल्लाहाकार पनि थिए ।” 

कुनै घृणा छैन

अघोरीहरुमा आधारित एउटा किताव ‘अघोरीः अ वायोग्राफिक’ नोवल लेख्ने मनोज ठक्कर भन्छन् कि मानिसहरुको वीचमा अघोरीहरुको विषयमा धेरै लिएर छुटो कुरा र त्रासहरु फैलाइएको छ । 

उनी भन्छन्, “अघोरीहरु एकदमै साधाहरण व्यक्तिहरु हुन् जो प्रकृतिसँग बस्न र रमाउन चहन्छन् । उनीहरु कोहिसँग पनि  कुराको ‘डिमाण्ड’ गर्दैनन् ।” 
अघोरीहरुले हरेक चीजलाई ईश्वरको नाम दिने गरेका छन् । 

उनीहरु कसैलाई पनि घृणा गदैनन् न उनीहरु कुनै चिजलाई खारेज गर्छन् । यसैकारण पनि अघोरीहरुले मानिस र जनावरलाई समान हेर्ने गरेका छन् । उनीहरुको मासुमा कुनै पनि प्रकारको भेदभाव गर्ने गरेका छैनन् । यसैसँग बलि दिने प्रथा उनीहरुको पूजा पद्धतिको एउटा महत्तवपूर्ण हिस्सा हो । 

उनीहरु प्राय जस्तो गाँजाको नशामा हुन्छन् तर पनि उनीहरुलाई आफ्नो बारेमा सबै कुराहरु थाहा हुन्छ जस्तै उनीहरु के गर्दै छन् र कँहा छन् । 

उनीहरु प्राय जस्तो गाँजाको नशामा हुन्छन् तर पनि उनीहरुलाई आफ्नो बारेमा सबै कुराहरु थाहा हुन्छ जस्तै उनीहरु के गर्दै छन् र कँहा छन् । 

मैलिसन र ठक्कर दुवै विशेषज्ञहरु यो कुरामा विशवास गर्छन् कि यस्तो थोरै व्यक्तिहरु मात्र छन् जो अघोरी पद्धतिको सहि तरिकाले पालना गरिरहेका छन् । उनीहरु यो पनि विश्वास गर्छन् कि कुम्भमा भेला हुने साधुहरु धेरै जस्तो स्वघोषित अघोरीहरु हुन् । र कुनै पनि प्रकारको दिक्षा लिने गरेका छैनन् । 

कुम्भ मेलामा केहि मानिसहरु अघोरीको भेष बनाएर हिड्ने गरेका छन् र पर्यटकहरुलाई मनोरञ्जन दिँदै आएका छन्  । गंगामा स्नान गर्न आउने मानिसहरुले उनीहरुलाई खाना र पैसा दिने गरेका छन् । 

तर ठोक्कर यो पनि विश्वास गर्छन् कि अघोरीहरु पैसा लिने गरेका छैनन्  र अनि उनीहरु सबैको कल्याणको लागि प्रार्थना गर्ने गरेका छन् । तिनीहरु यो कुराहरुको विचार गर्दैनन् कि मानिसहरु सन्तान पाउँनकोे आशीर्वाद  माग्दै छन् वा घर निर्माणको लागि ।  

कुन भगवानको पूजा गर्छन् अघोरी ?

अघोरीहरु सामान्यतः हिन्दु देवता शिवको पूजा गर्ने गरेका छन् जसलाई विनासको देवता भनिने गरेको छ । यो सँगै उनीहरु शिवको श्रीमती शक्तिको पनि पूजा गर्ने गरेका छन्  ।

उत्तर भारतमा मात्र महिलाहरू अघोरी सम्प्रदायको सदस्य हुन सक्छन् । तर बङ्गालको महिलाहरुलाई भने  श्मशान घाटमा मात्रै समावेश गरिएको छ । यद्दपि, महिलाहरुले अघोरीहरुको लुगा भने लगाउने गरेका छन् । 

ठक्कर भन्छन्, “धेरै मानिसहरु मृत्युसँग डराउने गरेका छन् । श्मशान घाट मृत्युको प्रतिक मानिन्छ । तर अघोरीहरुको शुरुवात भने श्मशान घाटबाटै हुने गरेको छ । तिनीहरु आम मानिसहरुको मान र नैतिकतालाई चुनौती दिन चाहन्छन् ।” 

सामाजिक सेवा

अघोरी साधुहरु समाजमा सामान्यतया स्वीकार्य हुँदैनन् ।  तर पछिल्लो केहि वर्षमा यो समुदाय समाजको मुख्य धारामा सामेल हुन खोजिरहेका छन् । 

धेरै ठाउँमा अघोरीहरुले कुष्ठरोग (लेप्रसी)लाई नियन्त्रण गर्नको लागि अस्पतालको निर्माण गरेका छन् भने ति अस्पतालहरु सञ्चालन पनि भइरहेका छन् । 

मिनेसोटा आधारित मेडिकल कल्चरल तथा एथ्रोपोलिजिस्ट राँन वाटेरको इमोरी रिर्पोटका अनुसार भनेका थिए अघोरीहरु ति मानिसहरुसँग काम गरिरहेका छन् जो समाजमा अछूत मानिदैँ आएका छन् । एक तरिकामा, कुष्ठरोग उपचार केन्द्रले श्मशान घाटको जग्गा पनि लिएका छन् । र अघोरीहरु विरामीहरुको डरमा विजय हासिल गरिरहेका छन्  ।

समान्यतयः यो विश्वास छ कि अघोरीहरु समाजबाट धेरै अलग छन् । तर, केहि अघोरीहरु फोन र सार्वजनिक यातायातको पनि प्रयोग गर्छन् । यसबाहेक, सार्वजनिक ठाउँहरुमा जाँदा केहि अघोरीहरुले कपडा पनि लगाउने गरेका छन् । 

समलैंगिक सेक्स स्वीकार्य छैन

संसार भर एक अर्ब भन्दा धेरै मानिसहरु हिन्दु धर्मको पालना गर्दै आएका छन् । तर यी सबै मानिसहरु एकै प्रकारको मान्यतामा पनि भरोसा गर्ने गरेका छैनन् । 

हिन्दू धर्ममा कुनै किताब छैन, जुन सबै मानिसहरूले पछ्याउँछन् । 

यस्तो अवस्थामा अघोरीको संख्या कति छ भनेर आँकलन गर्न कठिन छ । तर, विशेषज्ञका अनुसार अघोरीहरुको संख्या हजारौंमा छ । 

कुनै अघोरीहरुले भनेका पनि छन् कि उनीहरुले मरेको शरिरसँग सहवास गरेका छन् । तर उनीहरु समलिंगी सेक्सको स्वीकार्यता भने दिँदैनन् । 

खास कुरा यो हो कि जब अघोरीहरुको मृत्यु हुन्छ, त्यो लाशको मासु  अन्य अघोरीहरुले खाने गरेका छैनन् । उनीहरुको सामान्य तरिकाले गाडेर वा जलाएर अन्तिम संस्कार गरिन्छ । 
हिन्दी बीबीसीबाट अनुवादित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?