राष्ट्र बैंकले तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मंगलवार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते तीन अर्ब २५ करोड बराबरको २८ दिने र  एक अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो । 

सरकारलाई आवश्यकपर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?