जिल्ला अदालत काठामाडौंका खरिदार घुस लिँदै गर्दा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग आयोगको टोलीले जिल्ला अदालत काठामाडौंका खरिदार विदुर पोखरेललाई घुससहित पक्राउ गरेको छ । १० हजार घुससहित खरिदार पोखरेल पक्राउ परेका हुन् ।

डोर खटी बण्डा मुचुल्का बनाउन लगायत विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिइरहेको सूचना गोप्य स्रोतबाट प्राप्त गरेको आधारमा अख्तियारले पोखरेललाई पक्राउ गरेको सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताएका छन् । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?