डीएसपीदेखिका दरबन्दी केन्द्रमै

काठमाडौँ — सरकारले इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

संघीय संसद्मा सोमबार पेस गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।

 संविधानले प्रदेश सरकारलाई प्रदेशभित्रको प्रहरी प्रशासन र शान्ति सुरक्षासम्बन्धी अधिकार तोक्दै प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?