इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सहज जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत म्यान्चेस्टर सिटी विजयी भएको छ । 

सोमवार राति सम्पन्न भएको २२ औँ चरणको खेलमा उपाधि दौडमा रहेको सिटीले लिगको ११ औँ स्थानमा रहेको उल्भसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै म्यान्चेस्टर सिटीले लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी ४ अंकमा झारेको छ ।  

खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै सिटीका लागि गाब्रयल जिससले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको १९ औँ मिनेटमा बोली रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि उल्भस १० खेलाडीमा सिमित भएको थियो । 

त्यस्तै ३९ औँ मिनेटमा सिटीले पेनाल्टी हान्ने मौका पायो । सो मौकालाई सदुपयोग गर्दै जिससले गोल गरे । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा एक गोल उपहार स्वरुप पायो ।

खेलको ७८ औँ मिनेटमा उल्भसका विल्ली बोलीले आत्मघाती गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल सिटीले ३-० ले आफ्नो पक्षमा पा-र्यो ।

जीतपछि सिटीले ५३ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ५७ अंक छ । ४८ अंक बनाएको टोट्नह्याम लिगको तेस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?