ओलीलाई भेट्न खोज्दै कांग्रेस नेता पौडेल, किन तर्किदैछन् प्रधानमन्त्री ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटवार्ता गर्दै छन् । 

कांग्रेसका वरिष्ठ नेता पौडलको निजी सचिवालयका अनुसार आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल विघटन गर्न खोजेकाले प्रधानमन्त्रीलाई भेटेर नेता पौडेलले निर्णय सच्याउन र अस्पताल बन्द नगर्न आग्रह गर्न लागेको जनाएको हो । 

वरिष्ठ नेता पौडेलले सोमवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई सोमबार नै भेट्न खोजेका थिए । तर, समय नपाएपछि प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम स्थगित भएको थियो । 

त्यस्तै नेता पौडेलले आज (मंगलबार) प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्ने र निर्णय नसच्चिए सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । तर, आज (मंगलवार) पनि प्रधानमन्त्री ओलीलाई भेट्ने समय निश्चित भइसकेको छैन । 

तनहुँको दुलेगौंडास्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया शुरु गरेको जानकारीमा आएको भन्दै कांग्रेसले त्यस्तो नगर्न आग्रह गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?