गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७-७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । 

कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने रु २५ लाख एक हजार ५३ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । सो संस्थाको ५० प्रतिशत हकप्रद शेयर वितरणपछि प्रतिकित्ता रु ६ सय ४३ मा मूल्य समायोजन गरिएको हो । संस्थाको औसत शेयर मूल्य रु ८९७ रहेको छ । 

स्टकको आम्दानी रु ४९ करोड 

यस्तै स्टकले आर्थिक वर्ष २०७४-७५ मा रु ४९ करोड ६७ लाख आम्दानी गरेको छ । अघिल्लो आवमा स्टकले रु ६५ करोड २४ लाख आम्दानी गरेको थियो । 

यस्तै स्टकले आव २०७४-७७ मा रु १० करोड ९९ लाख खर्च गरेको छ । आव २०७३-७४ मा रु ११ करोड ६२ लाख खर्च गरेको थियो । स्टकले आव २०७४-७५ मा रु २६ करोड दुई लाख खुद आम्दानी गरेको छ । यस्तो नाफा अघिल्लो आवमा रु ३७ करोड २० लाख रहेको थियो । 

यस्तै स्टकले आव २०७४-७५ मा शेयरधनीलाई सञ्चित नाफाबाट रु ६६ दशमलव ६७ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?