प्रदेश २ झापडकाण्ड : कुटेको ठहरिए एक वर्षसम्म कैद, अनुसन्धान गर्दै छानबिन टोली

पुस २९ आईतबार दिउँसो ३ बजे एउटा खबरले नेपाली मिडिया तात्यो ।

खबर नौलो थिएन । यसअघि पनि यस्तै प्रकृतिका केहि घटना भएका थिए । तर यो अलि फरक थियो । क्षणभरमा हजारौँ सेयर भएको समाचार थियो प्रदेश २ को ।

फेसबुकको भित्ताहरु रङ्गीए र बोले, ''बा !म सरकारी जागिर खान्न मन्त्रीले चड्काउँछन् । '' भित्ताहरु क्रमैसँग बोलिरहे । ''सरकारी जागिर खानको लागि चाहिने योग्यतामध्ये एक महत्वपूर्ण योग्यता हो तेक्वान्दो जान्नु । नत्र मन्त्रीले ठ्याम्म पार्छन् ।'' 

समाचारको शिर्षक थियो ''मन्त्रीले सचिव कुटे ।''

सामाजिक सञ्जाल तात्यो । फेसबुकको भित्ताहरु रङ्गीए र बोले, ''बा !म सरकारी जागिर खान्न मन्त्रीले चड्काउँछन् । '' भित्ताहरु क्रमैसँग बोलिरहे । ''सरकारी जागिर खानको लागि चाहिने योग्यतामध्ये एक महत्वपूर्ण योग्यता हो तेक्वान्दो जान्नु । नत्र मन्त्रीले ठ्याम्म पार्छन् ।'' 

हुन पनि जनमत लिएर देश र जनताको सेवामा खटिन्छु भनेर सपथ लिएका मन्त्रीको व्यवहार जंगली प्रवृतिको थियो ।

अर्थात् उनले आफूले भनेजस्तो नगरेका कारण सचिवलाई थप्पड लगाएका थिए ।

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवलाई झापड हानेका थिए ।

गरिबी निवारण कोषको कार्यक्रम आफुले भनेको गैरसरकारी संस्थालाई नपारेको भन्दै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको सचिव झाले मिडियासामुन्ने गुनासो गरेका थिए । मन्त्रीको झापड खाएका सचिव झाको गाला सुन्निएको थियो ।

थप्पड खाएका सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएपछि झनै नागरिकहरुले सरकार र प्रशासनको कामकारबाहीप्रति आपत्ति जनाएका थिए। ''जो होचो उस्कै मुखमा घोचो । म नेपाली हुँ हजुर ! '' 

थप्पड खाएका सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएपछि झनै नागरिकहरुले सरकार र प्रशासनको कामकारबाहीप्रति आपत्ति जनाएका थिए। ''जो होचो उस्कै मुखमा घोचो । म नेपाली हुँ हजुर ! '' 

लफडा टालटुल पार्न लालबाबु 
मन्त्री र सचिवबीचको झगडा देशव्यापी रुपमा फैलिएपछि त्यसलाई मिलाउन मुख्यमन्त्री लालबाबु राउत मध्यस्तकर्ताका रुपमा अग्रसर भए । उनले हरसम्भव  कोशिस गरे ।  कामकाज प्रभावित हुन नदिन उनले यस्तो 'टेक्निक' लगाएका थिए । 

आईतबार भएको सो घटना थामथुम पार्न मुख्यमन्त्रीले खेलेको भुमिका अझ अपर्याप्त देखेपछि प्रदेश सरकारले घटनाको छानविन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गर्यो  टोलीले सोमबारबाटै छानविनको काम सुरु गर्यो ।  

कुटाई खाएका सचिव झा अस्पतालमा 

टोलीले घटनाको गहिराईमा पुगेर छानविन गरिरहेको अवस्थामा मन्त्रीको कुटाई खाएका भनिएका सचिव झा अस्पताल भर्ना भए । कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा आईतबार राति नै जनकपुर स्थित निजी अस्पताल केयर नर्सिङ होममा भर्ना भए ।

छानविन समितिका संयोजक रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव सचिव झालाई भेट्न सोमबार अस्पतालमा नै पुगेका थिए ।

यता घटनालाई लिएर सोमबार जनकपुरका निजामति कर्मचारीहरुले मन्त्रीको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शनसमेत गरे । उनीहरुले विज्ञप्ती जारी गरेरै घटनाको भत्र्सना गरे । र काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरे । 

के हुन्छ कारबाही ? 
यो घटनाले सानालाई ऐन, ठूलालाई चैन भन्ने नेपाली उखान चरीतार्थ गरेको  छ । मन्त्री होस् या जनता यदि विधीको शासनमा चल्ने हो भने सबैलाई कानूनले बाँध्छ । र कामका सिलसिलामा भएका असहमतीहरु छलफलबाट टुंग्याउनुपर्छ । तर यहाँ त्यसो भएन । जनमतको सम्मानका लागि पनि वार्ताको आवश्यकता थियो । तर  कार्यकक्षमा नै मन्त्री र सचिव स्तरका व्यक्तिबिचको हात हालाहालको घटनाले नेपालको संस्कार देखाएको छ । मन्त्री पदमा बसेको व्यक्तिले खराब आचरण र व्यवहार प्रदर्शन गरेपछि उनको नैतिकता कति बाँकी रहन्छ ।  

 यदी मन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेकै हुन् भन्ने टुंगो छानबिन समितीले लगाए उनलाई के सजाय हुन्छ ? यो घटनाको  खबर थाहा पाएका धेरैको प्रश्न हो यो । 

अपराध संहितामा भनिएको छ, एक वर्ष कैद र १० हजार जरिवाना हुनेछ । प्रदेश २ को घटनामा मन्त्री यादवले सचिव झालाई कुटपिट नै गरेको ठहरियो भने मुलुकी अपराध संहिताको दफा १९४ आकर्षित हुन्छ । 

मन्त्री यादवले कसुर गरेको ठहरिएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ । कुटपिटबाट अंगभंग भएको अवस्थामा २ वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजाय  हुन सक्छ ।

कसुरदारले पीडितलाई क्षति पुर्याहएको रहेछ भने क्षतिपूर्ति पनि भराउनु पर्ने अपराध संहिताको १९८ मा व्यवस्था छ ।

प्रदेश अर्थमन्त्री यादवले गम्भीर उत्तेजना वा रीसको आवेशबाट आएर कुटपिट गरेको ठहरिएमा चोटै नलागे पनि अपराध संहिताले तोकेको सजाय हुन्छ ।  

– तस्वीर गुगलबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?