औलो दिँदा हातै निल्ने ? सल्लो काट्ने अनुमति लिएर साल काटेपछि….

काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं १२ ज्याम्तीमा रहेको बासखर्क सामुदायिक वन उपभोक्ता समितिले सल्लोको रुख काट्न स्वीकृत लिएर सालको रुख काटेको छ । 

स्वीकृती विपरीत वन उपभोक्ता समितिले सालको रुख काटेपछि उपभोक्ता समितिका अध्यक्ष विरुद्ध जिल्ला वन कार्यालय धुलिखेल र अख्तियारमा उजुरी परेको छ ।

बासखर्क सामुदायिक वन उपभोक्ता समिति विरुद्ध त्यहाँका स्थानीयले वन फडानी गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष विरुद्ध उजुरी हालेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष रमेश पराजुलीले आफू खुशी वन फडानी गरेको स्थानीयको आरोप छ ।

समितिका सदस्यहरुलाई समेत जानकारी नगराई उनले एकतर्फी वन फडानी गरेको भन्दै सल्लो काट्न निर्णय गरेपनि सालको रुख काटेका कारण अध्यक्ष पराजुली विरुद्ध उजुरी हालेको स्थानियले बताएका छन् ।

अध्यक्ष पराजुली र कोषाध्यक्ष मिलेर मनलाग्दी ढंगले वन फडानी गरेका कारण वन कार्यालयमा र अख्तियारमा उजुरी दिनुपरेको स्थानियले बताएका छन् ।

यसै विषयमा जिल्ला वन कार्यालयमा बुझ्दा बासखर्क  सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विरुद्ध उजुरी परेको वन कार्यालयका प्रमुख बद्रीकुमार कार्कीले जानकारी दिए ।

यसैबिच पाँचखालका वन अधिकृत ओम ओलीले त्यहाँको बारेमा फिल्डमा गइ अध्ययन गरेर प्रतिवेदन तयार पार्न निर्देशन दिएको बताए ।  अधिकृत ओलीले भने, ‘प्राविधिक हिसावले हो भने वन फडानी गरेको सोह्रै आना गल्ती देखिन्छ बाकीँ फिल्डमा गएपछि मात्र भन्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?