विवेकशील साझा पार्टीले बोलायो पहिलो महाधिवेशन

काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । 

पुस ३० गतेदेखि माघ १ गतेसम्म बसेको सो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वर्ष २०७६ फागुन १५ गतेदेखि १९ गतेसम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

मङ्गलबार केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सूर्यराज आचार्यले महाधिवेशन गर्ने निर्णयलगायत नौवटा अन्य निर्णय पनि भएको जानकारी दिए ।  


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?