बक्स अफिसमा लड्दैछन् सलमान र रणवीर

मुम्बई । नेपालमा जस्तै बलिउडमा पनि शुक्रवार फिल्म रिलिज हुने चलन छ । बलिउडमा पनि वर्षमा सयौँ फिल्म रिलिज हुन्छन् । तर, जब ठूला कलाकारले एकसाथ फिल्म जुधाउँछन्, त्यतिबेला फिल्मबारे गसिप बन्छ ।

यतिबेला बलिउडमा त्यही भएको छ । चर्चामा छन्, सलमान खान र रणवीर कपूर ।

रणवीर कपूर यो समय ब्रह्मास्त्र नामको फिल्ममा काम गरिरहेका छन् । जुन फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन र मोनी रायजस्ता सेलिब्रेटी छन् । यो फिल्मका साथी अयान मुखर्जीले गरेका छन् । रणवीरलाई लिएर अयानले 'ए जवानी ए दिवानी' र 'वेक अप सिड' जस्ता फिल्म निर्देशन गरिरहेका छन् ।

यतिबेला भने बलिउडमा के मसला बनिरहेको छ भने आउँदो क्रिसमस पारेर रणवीरको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज हुने चर्चा छ । यही समयमा अर्कातिर सलमान खानको फिल्म ‘दबंग ३’ पनि रिलिज हुने भएको छ ।

रणवीरलाई लिएर निर्माण गरिएको फिल्म ‘ब्रह्मास्त्र’ झण्डै २ सय ५० करोड भारुमा निर्माण गरिएको हो । यो फिल्मलाई सम्भवतः दुई भागमा बनाइनेछ । फिल्मका निर्माता करण जोहरले पनि यति महंगो फिल्म कहिल्यै बनाएका थिएनन् । फिल्म क्रिसमसमा रिलिज हुने पक्का जस्तै भएको छ ।

पछिल्लो समय खासै हिट फिल्म दिन नसकेका सलमान खानको ‘दबंग ३’ पनि क्रिसमसको मौका पारेर रिलिज गरिने योजना छ । यो फिल्मको शुटिङ अझै शुरु भएको छैन । यद्यपि फिल्मले रिलिज मिति भने तोकिसकेको भारतीय मिडियाले लेखेका छन् । यो फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन्, उनले यसअघि सलमानलाई लिएर 'वान्टेड' बनाएका थिए । सलमानको मुख्य भूमिका रहेको दबंग सिरिज हिट छ ।

यो फिल्म सिरिजमा सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?