यस्तो छ स्वस्तिमा र मुकुनको ‘बुलबुल’ को ट्रेलर (भिडियो)

काठमाडौं । नायिका स्वस्तिमा खड्का र नायक मुकुन ढकालको मुख्य भूमिका रहेको फिल्म ‘बुलबुल’ को ट्रेलर सार्वजनिक गरिएको छ । गीत र टिजरमार्फत चर्चामा रहेको यो फिल्म फरक शैलीका कारण पनि चर्चामा छ ।

विनोद पौडेलको कथा, पटकथा र निर्देशन रहेको यो फिल्ममा नायिका स्वस्तिमा खड्का टेम्पो चालकका रुपमा देखिएकी छिन् । सामान्य मान्छेको कथालाई उठान गरेर बनाइएको यो फिल्ममा स्वस्तिमा र मुकुनसँगै जोयश पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की लगायतले अभिनय गरेका छन् ।

अविरल थापा, भीम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेको लगानी रहेको यो फिल्मका गीतलाई रजिना रिमाल र निश्चल बस्नेतले गाएका हुन् ।

यो चलचित्र भ्यालेनटाइन डेको मौका पारेर आउँदो फागुन ३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा प्रयोग भएका संवाद र भाषिकाका कारण फिल्मले राम्रो हाइप लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?