समायोजनका लागि ७५ हजारको आवेदन

काठमाडौँ– सरकारले अध्यादेशबाट संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सुरू गरेपछि मङ्लबारसम्म करिब ७५ हजार कर्मचारीले समायोजनका लागि फारम भरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा गरी ८९ हजार दरबन्दीमा करिब ७५ हजार कर्मचारीले अनलाइनमार्फत् समायोजनका लागि फारम भरेका हुन् ।
प्रदेश र स्थानीय तहमा समायोजनमा जाने कर्मचारीको संख्या धेरै भएकाले तत्काल यकीन हुन नसक्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कूल ८९ हजार दरबन्दीमध्ये सेवा अवकाश हुन एक वर्ष बाँकी रहेका कर्मचारीले समायोजनका लागि फारम भर्न नपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार सेवा अवधि एक वर्ष हुन बाँकी रहेका कर्मचारीको संख्या करिब पाँच हजार छ । उक्त दरबन्दी कटाउँदा करिब ८५ हजार कर्मचारीले मात्र समायोजनका लागि फारम भर्नुपर्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?