विश्व च्याम्पियन महेश्वर नगदसहित सम्मानित

काठमाडौं । शारीरिक सुगठन तथा फिट्नेस सङ्घले विश्व शारीरिक सुगठन च्याम्पियनशिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिएको छ । 

सङ्घद्वारा आयोजित कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मानपत्र र ५१ हजार प्रदान गरी सम्मान गरेका थिए । 

थाइल्याण्डको चाङमाईमा गत डिसेम्बरमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?