राष्ट्रियसभा बैठकमा आज तीन वटा विधेयक टेवल हुँदै

काठमाडौं । सरकारले आज राष्ट्रियसभा बैठकमा तीन वटा विधेयक टेवल गर्ने भएको छ । 

बुधवार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा विभिन्न तीन वटा विधेयक टेवल गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विज्ञापन नियमन गर्ने विधेयक टेवल गर्ने कार्यसूची छ । 

विज्ञापनलाई व्यवस्थित बनाउन सरकारले सो विधेयक ल्याएको हो । 

यस्तै जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक अर्थमन्त्री युवराज खतिवडाले टेवल गर्ने कार्यसूची रहेको सहप्रवक्ता अर्यालले जानकारी दिए ।

गत पुस २४ गते संसदमा जेष्ठ नागरिक सम्बन्धी विधेष्क दर्ता भएको थियो भने कोष सम्बन्धी विधेयक पुस २६ गते दर्ता भएको हो । 

यसैगरी राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने कार्यसूची समेत रहेको सहप्रवक्त अर्यालले जानकारी दिएका छन् । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?