सनराइज बैंकको अध्यक्षमा दुगड

काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड निर्वाचित भएका छन् । 

गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा दुगड निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएको बैंकले जनाएको हो ।

दुगडलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।  

शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारीको उपस्थित थियो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?