फुर्सदको समयमा पैसा कमाउन चाहानुहुन्छ ?

काठमाडौं । सूचना र प्रविधिको विकाससँगै सम्पूर्ण विश्वनै एक साघुरो गाउँमा परिणत भएको छ । यसक्रममा नेपालले पनि सूचना र प्रविधिको प्रयोगले धेरै लाभ लिइरखेको छ । पछिल्लो चरणमा आएर नेपाली युवाहरुबीच आइडिया सेरिंग र टेच्नोलोजीको प्रयोगले  प्रोब्लेम सोल्विंगको काम पनि तिब्र गतिमा भइराखेको छ र त्यसकै एक उदहारण हो टास्क २४ । 

यस मोबाइल एप हामीले चलिराखेको एपभन्दा अलिक फरक हुनेछ । एपमा तपाइले आफूसँग  भएको स्कीलहरुलाई सेट गर्नुपर्ने हुन्छ र दोश्रो भनेको तपाईले आफ्नो परिचय खुल्ने विवरण भर्नुपर्ने हुन्छ । जब तपाईको अकाउन्ट कम्पनीबाट भेरीपÞmाइड हुन्छ तब मात्र तपाईले आफु नजिकरहेको टास्क गर्न पाउनु हुन्छ ।

तपाईले एपमा विभिन्न विधाका कामहरु देख्नसक्नु हुन्छ (जस्तै :– हाउस वाइरिंग, प्लम्बिङ्ग आदि) र आफ्नो कामको दक्ष्यताको आधारमा विभिन्न विधाहरु थप्न पनि सक्नु हुन्छ । यो एपको प्रयोगले मुख्यतय पार्टटाइम कामको खोजीमा हिड्ने युवा विद्यार्थीलाई अझै धेरै टेवा दिनसक्ने कम्पनीको भनाइ छ। यस एपको  मुख्य भूमिकामा दुई व्यक्ति हुन्छन् । जसमध्ये एक व्यक्ति कामको खोजीमा हुन्छ भने अर्को काम गरिदिने मान्छेको । एपको अर्को रमाइलो पाटो भनेको यसमा दुई व्यक्तिले एक अर्काको रेटिङ्ग र प्राइसिङ्गको आधारमा काम गर्ने कि नगर्ने भनेर छान्न पाउछ । यसले गर्दा युजरहरुले राम्रो मान्छेलाई सस्तोमा काममा लगाउन सक्छ ।

यसका अलावा पनि एपमा (जेम्स, अफर, ट्याकिङ्ग) लगायतका फिचर देख्न सकिने छ । यस एपको डेव्लोपमेण्ट काम अन्तिम चरणमा भएको कारणले गर्दा बजारमा आउन धेरै टाइम नलाग्ने कम्पनीको भनाइ छ । यो एप गूगल प्लेस्टोर र आइ.ओ.एस दुवै उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?