डिसहोमको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिस मिडिया नेटवर्क लि.को ९ औं वार्षिक साधारण सभा श्री हेमराज ढकालको अध्यक्षतामा गत पुस २६ गते सम्पन्न भएको छ ।

सो साधारणसभाले आगामी आर्थिक वर्षमा IPO जारि गर्ने निर्णय गरेको छ । कम्पनिले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । 

साधारणसभाले यस अघिकै सञ्चालक समितिलाई आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । सञ्चालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । 

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिसहोमले सर्वसाधारणका लागि शेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । 

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिसहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आइरहेको छ । डिसहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको रजुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?