काठमाडौंको गोगंबुमा ग्यास सिलिन्डर विस्फोट, पाँच घाइते

काठमाडौं । काठमाडौंको गोगंबुमा ग्यास सिलिन्डर विस्फोट भएको छ ।

बुधवार दिउँसो काठमाडौंको गोगंबुस्थित दिपज्योति स्कुल नजिक रहेको पिस नेपाल ह्याण्डिक्राफ्टमा ग्यास सिलिन्डर विस्फोट भएको हो ।  

विस्फोटबाट पाँच जना घाइते भएका छन् । 

घाइते हुनेमा नुवाकोटमा काजी तामाङ, गोरखाका राजकुमार विसी, धादिङका कैलाश श्रेष्ठ, रेशम तामाङ र अनिल पोखरेल रहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहन केसीले लोकपथलाई जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरको छ भने अन्य तीन जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरको पनि प्रमुख केसीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?