संविधानले जनतालाई अधिकार दिएको छः प्रचण्ड

हेटौँडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताएका छन् ।

मकवानपुरको वाग्मती गाउँपालिकाको भवन उद्घाटन गर्दै उनले नेपालको संविधानमा भएको मौलिक अधिकारको व्यवस्था विश्वको उत्कृष्टमध्ये एक भएको बताए । गाउँपालिकाको वडा नं ४ झुरझुरेमा बनेको भवन रु ९० लाख लगानीमा बनेको हो ।

अध्यक्ष दाहालले भवन उद्घाटनसँगै जनयुद्धका क्रममा विसं २०६२ माघमा भिडन्त भएको स्थानमा निर्माण हुन लागेको शहीद पार्ककोसमेत शिलान्याश गरे ।
 सदरमुकामबाट ५८ किमी पूर्वमा रहेको सो गाउँपालिकाले अहिले गाउँतहमा गएर जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराएको अध्यक्ष सर्केश घलानले बताए ।

कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र कुमारी मोक्तान, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?