राजधानीको गणेशस्थानबाट काँग्रेस र नेकपाका नेतासहित १५ जुवाडे पक्राउ

काठमाडौं– राजधानीको गोंगबुस्थित गणेशस्थानबाट १५ जुवाडे पक्राउ परेका छन् ।

गणेशस्थानस्थित एक व्यक्तिको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नयाँ बसर्पाकका इन्सपेक्टर मोहन विक्रम केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा र नेकपाको टोखा नगरपालिकाका स्थानीय नेता रामदेव रिमाल समेत रहेको प्रहरी स्रोतले जनाएको छ  । रिमाल गत स्थानीय चुनावमा टोखा नगरपालिका वडा नम्बर ८ मा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार रहेका थिए ।
प्रहरीले जुवाडेको साथबाट ५ लाख ३५ हजार ८ सय ४० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा रोशन गुरुङ, रमेश परियार, निर्मल सिलवाल, पुष्प गुरुङ, बुद्धि तमाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ , कुमार मल्ल, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिर दिन मियाँ र गणेश घले रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?