नेकपा कार्यदलले बनाउन सकेन मापदण्ड

काठमाडौँ – पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् ।

गत पुसमा बसेको स्थायी समिति बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताकोबाँकी काम लम्बिएको हो ।

स्थायी समितिले संगठन एकतासम्बन्धी प्रस्ताव तयार गर्न रामबहादुर थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो । पुसभित्र प्रस्ताव बनाई एकताको काम सक्ने भनिएको थियो । तर कार्यदलकै नियमित बैठक बस्न सकेको छैन । कान्तिपुर दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?