टुटल र पठाओ चल्न दिनू : प्रधानमन्त्री ओली

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई निर्देशन दिएका छन्। ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताले टुटल र पठाओ जस्ता प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएकोबारे चासो राख्दै भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रघुवीर महासेठलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

बुधबार राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभागीय मन्त्री  महासेठलाई यस्तो निर्देशन दिएका हुन्। अन्नपूर्ण पाेस्टमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?