सरकारबाट प्रस्तावित दुई राजदूतको सुनुवाई आज हुँदै

काठमाडौं । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको आज सुनुवाई हुने भएको छ ।

सरकारबाट अधिकारी र ढकाल प्रस्तावित दुई जना राजदूत हुन् । सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बोलाइए श्रोतले जनाएको छ । 

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । 

आजको बैठकमा अधिकारी र ढकालले आफ्नो कार्ययोजना पेश गर्ने र त्यसमा छलफल हुने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?