युभेन्ट्सलाई सुपर कप फुटबलको उपाधि

एजेन्सी । युभेन्ट्सले इटालियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

साउदी अरेबियामा बुधवार राति सम्पन्न भएको फाइनल खेलमा युभेन्ट्सले एसि मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।

युभेन्ट्सलार्य उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डोले गरेको एक मात्र गोल नै निर्णायक बनेको हो । उनले खेलको ६१ औँ मिनेटमा मिरालिम पाजनिकले दिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए ।  

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । ७४ औँ मिनेटको खेल चलिरहँदा फ्रान्क रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा सिमित भएको थियो ।

यो जीतसँगै रोनाल्डोले युभेन्ट्सलाई पहिलो उपाधि दिलाएका छन् । युभेन्ट्सले सुपर कप फुटबलको उपाधि जितेको यो आठौं पटक हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?