विरोधमा उत्रिय नेविसंघका नेता-कार्यकर्ता, सभापति देउवाको निवासमा धर्ना

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को म्याद थपिएको विरोधमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् ।

नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति देउवाको निवासमा धर्ना दिएका हुन् । 

मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर दर्जनौं नेता–कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।

नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए ।  दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवासमा सुरक्षाकर्मीहरु थप गरिएको छ । 

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने नेविसंघका नेता–कार्यकर्ताहरुको भनाई छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?