पर्वत बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या सात पुग्यो, ३१ घाइते

गलकोट । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ । दुर्घट

नामा परि अन्य ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । 

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । अन्य घाइतेहरुको धौ

लागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ ।

दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन । 
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?