अष्ट्रेलियामा अत्याधिक गर्मी सरकारले गर्यो यस्तो अनुरोध

अष्ट्रेलियामा अत्याधिक गर्मी बढेसँगै सरकारले नागरीकलाई अत्यावश्यकिय कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

गर्मी अत्याधिक बढेपछि बहेको तातो हावाले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै बाहिर ननिस्कन सरकारले सूचना नै जारी गरेको छ ।

सरकारी अधिकारीहरुका अनुसार, गर्मीका कारण ओजोन तह थप पातलिन सक्ने जोखिम छ ।

अष्ट्रेलियालीलाई सरकारले घरबाहिर ननिस्कन गरेको  यो आह्वान पहिलो भने होईन ।  

मध्याह्न र साँझमा तापक्रम अत्याधिक बढेका कारण यो समयमा सरकारले सूचना जारी गरी सचेत गराउँछ । 

विश्वका अत्यधिक गर्मी हुने स्थानहरुको सूचीमा अष्ट्रेलियाका १५ स्थान परेको छ । यो पछिल्लो २४ घण्टाको मात्रै तथ्यांक हो । 

 न्यूसाउथ वेल्स, सिड्नी जस्ता सहरमा अत्याधिक गर्मि छ ।

यो समयमा  तापक्रम बढेर ५० डिग्रीसम्म पुग्न सक्छ । अधिकारीहरुको भनाइक्षर्् उदृद गर्दै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?