अन्तर्राष्ट्रिय भूगर्भविद् भन्छन्, नेपालका फेरि भूकम्प जान सक्छ

एजेन्सी । अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले नेपालका फेरि भूकम्प जान सक्ने तथ्य सार्वजनिक गरेको छ । 

अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले फेरि नेपालमा ८ म्याग्निच्युड भन्दा माथिको भूकम्प जान सक्ने तथ्य औंल्याएको हो । 

इण्डियन र युरेसियन प्लेटको अध्ययनका क्रममा भूगर्भविद्हरु सो तथ्यमा पुगेको रिपोर्ट आज सार्वजनिक भएको छ ।  

अध्ययनले इन्स्टिच्युट अफ जियोफिजिक्सका विज्ञ लुका दाल जिलियोले जमिनभित्र अझै पनि दबाब रहेको जनाएका छन् । 

उक्त अध्ययनले भने भूकम्प यही समयमा जान्छ भन्ने कुरा तोकेर भन्न सकिने अवस्था नरहेको वैज्ञानिकहरु बताउँछन् । 

सम्भावना सधैं रहने भएपनि जमिनमुनि भएको दबाब स–साना भूकम्पले विस्तारै कम हुँदै गएमा ठूला भूकम्प टर्न सक्ने समेत भूगर्भविद्हरुले यस अघि धेरैपटक औंल्याएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?