कांग्रेस नेता थापाको प्रश्न : ‘जनताको स्वास्थ्यका लागि लड्नु कम्युनिष्ट विरोधी हुनु हो र ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीको पक्षमा उभिएको बताएका छन् । 

बिहीवार दिउँसो पत्रकार सम्मेलन गर्दै सांसद थापाले राजनीतिक दल, अदालत, अख्तियार सबै मिलेर चिकित्सा क्षेत्रलाई ध्वस्त पार्न लाग्दा डा. केसी त्यसको विपक्षमा उभिएकोले उनलाई साथ दिएको बताएका हुन् । 

उनले सरकारसँग ‘जनताको स्वास्थ्यका लागि लड्नु कम्युनिष्ट विरोधी हुनु हो र ? भन्दै प्रश्न गरेका थिए । 

साथै उनले भने, गोविन्द केसी फकिर हुन्, उनको कुनै स्वार्थ छैन । तर, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि मार्न तयार भएका हौं ?’

डा. केसी चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको भन्दै बताउँदै सांसद थापाले डा. केसीसँग भएको सम्झौता कार्यान्वयनका लागि अग्रसर हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् । 

गत पुस २५ गतेदेखि इलामबाट अनसन शुरु गरेका डा. केसी स्वास्थ्यमा समस्या देखिएको बेता सरकारले औपचारिक सम्वाद शुरु नगरेको थापाले बताए । 

डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ तर, सरकारले औपचारिक सम्वाद समेत सुरु गरेको छैन ।

उनले भने प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित हुन सक्छ । यसका लागि प्रधानमन्त्री अग्रसर हुनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?