कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना नियुक्त गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै कर्मचारी कोषको अध्यक्षमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । 

लामो समय अर्थमन्त्रालयमा राजश्व सचिवका रूपमा कार्यरत ढुंगानाले सञ्चय कोषको अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?