‘प्रेमलीला’ को ट्रेलरमा लभ एण्ड रिभेन्ज, हिन्दी संवाद (भिडियो)

काठमाडौं । चलचित्र ‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

आउँदो फागुन १० गतेलाई रिलिज मिति तोकेको यो फिल्मले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई पनि उत्तिकै जोड दिएको छ ।

प्रेमकथामा बनेको यो फिल्ममा प्रेम र लीलाको कथालाई समेटिएको ट्रेलरबाटै प्रष्ट हुन्छ । दुई देशका दुई पात्रको कथा समेटिएको यो फिल्ममा नायिका दीपशिखा खड्का र अली खानले प्रेम र लीलाको भूमिका निभाएका छन् । यस्तै फिल्ममा नायिका दीपशिखाका दुई रुपसमेत देखाइएको छ ।

फिल्मलाई पवन गौतमले छायांकन गरेका हुन् भने चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ । साथै फिल्ममा दीपशिखा, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, र भारतका कलाकार अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतले अभिनय गरेका छन् ।

फिल्ममा दीपशिखाले नै कथा, स्किृप्ट र संवाद लेखेकी हुन् । यस्तै फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?