‘गेम अफ थ्रोन्स’ को अन्तिम सिजनको प्रसारण अप्रिलमा

अमेरिका । हलिउडको चर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को प्रतीक्षा अब सकिएको छ । यो सिरिज अब छिट्टै नै तपाईंको टिभीमा देखिनेवाला छ ।

आफ्नो आठौं संस्करणका साथ यो सिरिजको अन्तिम भाग १४ अप्रिलमा रिलिज हुँदैछ । एचबीओले यो सिरिजका बारेमा बताउँदै आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट उक्त सिरिज अप्रिलमा आउने बताएको हो ।

साथै एचबीओले झण्डै ९० सेकेन्डको टिजर पनि सार्वजनिक गरेको थियो । जुन टिजरमा ‘१४ अप्रिल फर द थ्रोन’ लेखिएको थियो ।

यो सिरिजको हरेक सिजनमा ६ एपिसोड छन् । र, यी सबै डेढ घण्टाका छन् । ‘एचबीओ’ ले पछिल्लो नम्बरमा अप्रिल २०१९ मा सिरिजको अन्तिम सिजन सार्वजनिक गर्ने घोषणा गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?