डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं–इलाममा १० दिनदेखि अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।

१६ औं अनसनका क्रममा  स्वास्थ्य स्थिति गम्भीर भएपछि उपचारको लागि उनलाई  शुक्रबार बिहान ३ बजे नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

डा केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याइएको उनका सहयोगी डा अभिशेकराज सिंहले बताए ।

डा केसीलाई एम्बुलेन्स मार्फत इमालबाट भद्रपुर र त्यहाँबाट नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

त्रिभुवन विमानस्थलबाट उनलाई एम्बुलेम्समा राखेर सिधै त्रिवि शिक्षण अस्पतालको आइसीयुमा लगेर उपचार थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?