कर्मचारी संयोजन अर्को साताबाट

काठमाडौं –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सातादेखि कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने भएको छ ।
अनलाइनमार्फत आवदेन दिएका कर्मचारीहरुको तथ्यांक एकिकृत गर्ने काम सकिएपछि कर्मचारी समायोजन थाल्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

कर्मचारीहरुलाई आफू समायोजन हुन चाहेको तह वा स्थान प्राथमिकता क्रमअनुसार एकभन्दा बढी रोज्ने विकल्प थियो । फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका लागि केही समय लाग्छ,’ मन्त्रालयका प्रवक्ता एव सहसचिव अधिकारीले भने ‘सम्भवतः अर्को साताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु हुन्छ ।’

माथिल्लो तहका कर्मचारी अर्थात सचिव र सहसचिवबाट समायोजनको काम सुरु गर्ने पनि मन्त्रालयले जनाएको छ ।नेपाल समाचारपत्र दैनिकमा यसबारे खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?