तत्कालको मौसमी सूचना दिने राडार स्थापना

 काठमाडौं-तात्कालिक यथार्थ मौसमी सूचना बताउने ‘वेदर राडार केन्द्र’ सञ्चालनमा आएको छ । केन्द्रले बादलका विविध प्रकृति निगरानी गर्दै तत्कालिन तथ्यांक उपलब्ध गराउँदै भविष्यको नतिजा आंकलन गर्न सघाउछ ।

केन्द्रले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँछ ।

सुरक्षित हवाई माग पहिचान र आम जनमानससँग जोडिएका विविध सूचना सम्प्रेषणका लागि मुलुकमै पहिलो पटक सुर्खेतमा वेदर राडार स्थापना भएको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना भएको केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गर्छ ।
विश्व बैंकको करिव ३० करोड रुपियाँको आर्थिक सहयोगमा स्थापना भएको केन्द्रले केही सातायता परीक्षण शुरु गरेको छ । इन्टरप्राइजेज इलेक्ट्रोनिक कर्पोरेसन (ईईसी) नामक अमेरिकी कम्पनीले ग्लोबल टेन्डरमार्फत राडर केन्द्र स्थापनाको स्वीकृती पाएकोमा सोही कम्पनीले अहिले राडार परीक्षण गरेको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?