दोलखामा जन्ती बोकेको बस दुर्घटना, २५ घाइते

काठमाडौं । दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा शुक्रवार बिहान ७ः३० बजे बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको हो । 

जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिएका छन् ।

जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बस दुर्घटना भएको प्रहरी नायब निरीक्षक  तामाङले जानकारी दिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?